माधव नेपाल निकटका सांसदहरुको बैठक सुरु

माग पूरा गर्ने प्रतिबद्धता माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल निकटका एमाले सांसदहरुको सिंहदरबार बैठक सुरु भएको छ । बैठक सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो ।

नेपाल निकटका सांसदहरुले अध्यक्ष ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि नेपाल निकटका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् । नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको बताएका छन् । नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।

नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन ।

माधव समूहले दियो ओलीलाई सोमबार ९ बजेसम्मको अल्टिमेटम

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार