हरेक नेपालीको थाप्लोमा ६३ हजार ३१० रुपैयाँ ऋण

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको हो । २०७८ फागुनसम्म यस्तो ऋण गत आवको भन्दा ६।३९ प्रतिशत बढेको हो । गत आवमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब थियो ।

अब हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण कम छ भने बाह्य ऋण धेरै छ । ८ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक हो भने ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बाह्य हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार