आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक हुँदै

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आज ल्याउँदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबारको प्रतिनिधि सभा बैठकबाट पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार