रियलले १४औं पटक जित्याे च्याम्पियन्स लिगको उपाधि

स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति भएको यो सिजनको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

पेरिसमा शनिबार राति भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ५९ औं मिनेटमा जुनियरले फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।

अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फाल्दा गोल गर्ने मौका गुमाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार