प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेकाेमा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले संशोधन गर्ने प्रस्ताव राखेका थिए। तर, ती प्रस्तावहरू अस्विकृत भएका थिए।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारकाे बजेट ल्याउने बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार