आयल निगम खारेज वा निजीकरण गर्ने सोच छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन् । नीति तथा कार्यक्रमकामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘प्रतिष्पर्धा नहुने र सरकारको एकाधिकार भएको पेट्रोलियम पदार्थको कारोबार गर्ने संस्थानहरु खारेजी वा निजीकरण गर्ने सरकारको सोच नभएको समेत स्पष्ट पार्न चाहन्छु’ ।

त्यस्तै  प्रधानमन्त्री देउवाले प्रतिष्पर्धी वस्तु तथा सेवा उत्पादन गर्ने निजी क्षेत्र सहकार्य सक्षम भएको खण्डमा सार्वजनिक संस्थान सुधार गर्न सकिने बताए ।

कोरोनापछि अर्थतन्त्र सामान्य बन्दै गएको अवस्थामा युक्रेनमा भएको युद्धका कारण थप समस्या परेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार