बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

गत जेठ ४ गते हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । शनिबार गृहमन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै छानबिन समिति बनाएको जानकारी गराएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ। समितिले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य उजागर हुने विज्ञप्तिमा उल्लेख छ । गृहमन्त्रालयले यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गर्ने विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार