ओलीलाई दिएको अल्टिमेटम सकियो, खनाल-नेपाल निकट सांसदहरुको बैठक बस्दै

नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ । आइतबार बसेको खनाल नेपाल निकट सांसदको बैठकले पार्टी एकताका लागि ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।

ओलीलाई दिएको समय सकिँदा उनले केहि सम्बोधन नगरेपछि माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्न लागेको छ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार