सरकारले आफ्नै नागरिकलाई नागरिकताबाट बञ्चित गर्‍यो : उपेन्द्र यादव

नता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्नै नागरिकलाई नागरिकताबाट बञ्चित गरिरहेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “आफ्नै नागरिकका सन्तान गैरनागरिक भएर बस्नु परेको छ । राज्यले गल्ति गर्ने, राज्यले नदिने अनि त्यसको सजाय नागरिकले भोग्नु पर्ने ?” उनले नागरिकता ऐन ल्याएर तत्काल नागरिकता वितरण गर्नु पर्नेमा उनले जोड दिए ।

संघीय निजामति ऐनको अभावमा प्रदेशहरूले काम गर्न नसकेको उनले बताए । संघ, प्रदेश र स्थानीय निकायबीचको क्षेत्राधिकार कानुनको अभावमा कार्यान्वयन हुन नसकेको यादवले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार