प्रचण्डले संसदमा केपी ओलीलाई भने: मेरो सहयोगबिना एकपटक प्रधानमन्त्री बनेर देखाउनुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

 

राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।

‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भने, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार