बागमती प्रदेशसभामा आज प्रि बजेटमाथि छलफल हुने

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएको हो ।

शुक्रबार देखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा सम्बोधन गरेका थिए भने सरकार सञ्चालनको क्रममा ल्याइएको ५ वटा अध्यादेशहरू पेश गरिएको थियो ।

आज बस्ने प्रदेशसभाको तेस्रो बैठकमा प्रि बजेटमाथि छलफल हुने कार्य सूची रहेको छ । बैठकमा प्रि बजेटमाथि सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार