निजगढमा विमानस्थल निर्माण नहुने भएपछि नेता गुरुङले प्रस्तुत गरे तीन विकल्प

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन् ।

उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये कुनै न कुनैमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै ‘ड्राई पोर्ट’ पनि निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्।

उनले महोत्तरीको गौशाला नगरपालिका– १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्‍गल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र ड्राई पोर्ट बनाउन सकिने बताएका छन् । त्यसका लागि सम्बन्धित निकायसँग् स्वीकृति लिन सकिने उनको भनाइ छ ।

जिल्लाकै बर्दिबास नगरपालिका– ३, ४, ५, १० र ११ मा पर्ने केही जङ्‍गल क्षेत्र र केही खाली जग्गाजमीन भएको क्षेत्रमा र त्यहाँ पनि नभए जिल्लाकै भङ्‍गाहा नगरपालिका– १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गाजमीन भएको क्षेत्रमा सम्बन्धित जग्गा धनी र निकायमा स्वीकृति लिएर दुवै संरचना बनाउन सकिने बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार