पोखरा महानगरका मेयरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेका छ ।आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।

उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार