मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान मानव कल्याण समाजलाई हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाका प्रमुख उज्वल श्रेष्ठले संयुक्त रुपमा उक्त सामान संस्थालाई हस्तान्तरण गरेका थिए ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समुहका वृद्ध देखि बालबालिका, शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ । मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस,बास ,कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

विभिन्न संघ संस्था एंव व्यक्तिहररुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको मानव कल्याण समाजलाइृ बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको हो ।

यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । माछापुच्छ«े बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार