फोहोरको समस्या दीर्घकालीन रुपमा समाधान नभएसम्म कुनै उत्सव नमनाउने बालेनको घोषणा

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले महानगरको फोहोर नउठेसम्म कुनैपनि उत्सव नमनाउने घोषण गरेका छन् । शुक्रबार साँझ फोहोर व्यवस्थापन सम्बन्धी जानकारी लिन ओखरपौवामा रहेको डम्पिङ क्षेत्रमा पुगेका बालेनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने बताएका हुन्।

उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन समेत गरेका छन् ।उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ ।

स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् ।सरकारले समेत स्थानीयसँग गरेका सहमति कार्यान्वयनमा लापरबाही गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार