आपत्तिजनक समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय कतिपय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धर ले आपत्ति जनाएकी छन् । उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् ।

करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको बताएकी छिन् । उनले यस सम्बन्धमा प्रेस काउन्सिललाई समेत जानकारी गराएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार