धाकधम्की दिएर ७ करोड माग गर्ने ६ जना ‘पत्रकार’ सहित ७ जना पक्राउ

धाकधम्की दिँदै ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सुजन आचार्यसहित, कालिकोटका टेक बिक, बझाङका धर्मराज थापा, गुल्मीका बसन्ता खनाल, काठमाडौंका श्रवण कार्की, काभ्रेका उमेश भण्डारी र चितवनका सुरज शर्मा रहेका छन् ।पक्राउ परेका भण्डारी बाहेक सबै पत्रकार भएको प्रहरीले जनाएको छ।

प्रहरीले पीडितको परिचय भने खुलाएको छैन । आरोपीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर आपराधिक मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर तथा भेटेरै धम्की दिएर ७ करोड माग्ने सुजन आचार्यसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार