क्षणिक र व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् ।

आज शुक्रवरा शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डौमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताएका हुन्। उनले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताए ।

उनले भने, ‘हामीले त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । तर हामीले गर्ने काम चाहिँ हाम्रो भनाइसँग तालमेल भएको छैन । जसले गर्दा समाज रूपान्तरणको क्रान्तिकारी ढङ्गले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझ बढी विचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ सबैलाई ।’

अध्यक्ष प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन आवश्यक रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार