बससेवामार्फत् टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

अनलाइनमार्फत् बसको टिकट खरिद गर्ने तीन जनाले सुनको असर्फी पाएका छन् । बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा अनलाइनमार्फत् टिकट बुकिङ गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् ।यसैगरी २० जना यात्रुले क्यूएफएक्स मुभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् ।

उपहार विजेताहरु बुधवार गोलाप्रथामार्फत् चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत् गरिएको थियो । बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्बजनिक गरेको थियो ।

अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत् टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत् अनलाइन टिकट काट्न सकिनेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार