देशभर थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ३ सय ८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १ हजार १ ुसय ४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार