राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि पस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार