नेपाल टी–ट्वान्टीको टिम खरिद गर्न टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगमा टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ ।इच्छुक लागनीकर्तालाई टेन्डरका लागि प्रक्रिया खुला गरिएको हो । टेन्डरको मिति जुन १० तारिखसम्म रहेको छ ।

क्यानले असोजमा गर्ने भनेको प्रतियोगितामा सहभागी ६ टिमका लागि टेन्डर आह्वान गरेको हो ।भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कर्मसियल र रणनीतिक साझेदार रहेको प्रतियोगिताका लागि क्यानले यसअघि ६ टिमका नाम सार्वजनिक गरेको छ । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी वा भैरहवा र फार वेस्टर्न नाम तय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार