कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति विरोध सुरू भएको छ । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले विरोध गरेको हो ।
एमालेले अनिश्चितकालका लागि सडक समेत अवरुद्ध गरेको छ । असार ३० गतेको स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधलीको कुरा उठेपछि त्यहाँ पुन मतगणनाको माग गरिएको छ ।