बालेनलाई पत्नीको बधाई सन्देश-‘तिमी अब मेरोबाट हाम्रो बालेन भयौं’

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन पत्नी सबिना काफ्ले पनि उनलाई बधाई दिएकी छिन् ।सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् ।

उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’

‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार