माधव समूहले दियो ओलीलाई सोमबार ९ बजेसम्मको अल्टिमेटम (भिडियोसहित)

नेकपा एमालेको माधव समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न सोमबार (भोलि) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको हो । आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने तर यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’, उनले भने । नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार