देश किन बनेन भन्ने बल्ल बुझ्दैछु : बाबुराम भट्टराई

जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।

देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उनले बताएका छन् ।

‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार