माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिवल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ ।

बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गर्‍यो । सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्‍यो ।

स्पाइकर उषाले पहिलो पटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् । कामना सम्मिलित पुलिस क्लबले आज क्लब इग्लेसको सामना गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार