काठमाडौं महानगरको मतगणना सकियो, सभागृह अगाडि बालेनका समर्थकको भिड

काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । बिहिबार साँझ मतगणना सकिएको गणनामा सहभागी एक कर्मचारीले टिभी अन्नपूर्णलाई जानकारी दिए । मतपरिणाम अनुसार काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् । यदपी औपचारिक रुपमा घोषण हुन बाँकी छ ।

बालेनका समर्थकहरु उत्सव मनाउन हतारिएका छन् । निर्वाचन आयोगले मतपरिणामबारे आजै माइकिङ भने गर्ने छैन । बालेन साहको समूहले माइकिङ गर्ने र बधाई दिने काम शुक्रवार बिहान गर्न आग्रह गरेका छन् ।

पानी परेको र रातको समय भएको हुँदा तत्काल विजय जुलुस निकाल्न नसकिने भन्दै बालेनको समर्थकले शुक्रबार बिहान ८ बजे कार्यक्रम गर्ने र ११ बजेबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार