नेपाललाई इयूको प्रतिबन्ध सूचीबाट हटाउन माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। भेटवार्तामा मन्त्री आलेले नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले इयूको सेफ्टी लिस्ट (प्रतिबन्ध)बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकाश सुरक्षित रहेको जवाफ फर्काएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार