मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुतला दहन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका भ्रातृ संगठन लोकतान्त्रिक यूवा संघ र लोकतान्त्रिक विद्यार्थी संघ धनुषाले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले साता दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन ।

लोकतान्त्रिक यूवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले पटक पटक सरकारले चर्को मूल्यवृद्धि गरेकाले सो मूल्यवृद्धि फिर्ता लिन भन्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेको बताएका छन् । उनले पटक पटक गरेको मूल्यवृद्धि फिर्ता नलिइएमा सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।बिहिबार जनकपुरधामको भानु चोकमा उनीहरुले विरोध प्रदर्शन गरेका

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार