निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने आदेश प्रतिगामी : योगश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको निर्णय प्रतिगामी रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा सर्वोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ । नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको समृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो । माननीय न्यायधिशज्युहरू यो निर्णय सच्याउनुहोस् ।’

बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय र अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार