जग्गाको विषयमा विवाद हुँदा नातिले गरे हजुरआमाको हत्या

हजुरआमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार