झाडु लिएर सडकमा ओर्लिए नवनिर्वाचित मेयर साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटेका छन् । धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान सुरु गरेका मेयर राई आफैं सरसफाइमा जुटेका हुन् ।

सफा र सुन्दर सहरको पुरस्कार पाउने धरान पछिल्लो समय दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियान संचालन गरेको मेयर राईले बताए ।

धरानमा मुसलधारे वर्षा रोकिने वित्तिकै बिहीबार मेयर राईले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ गरे।

मेयर आफैं झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उनलाई उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार