पोखराका मेयर र उपमेयरले फूल रोपेर पदभार ग्रहण गरे

पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले फूल रोपेर पदभार सम्हालेका छन् । उनीहरुले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फुल रोपेका हुन् ।

पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् ।पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ लाग्यो ।

पोखरा वडा नम्बर ७ मा रहेको उक्त पार्कमा नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले माल्यार्पण गरे । त्यहाँबाट निस्किएर जनप्रतिनिधिले जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा फूल रोपेका थिए । डिभाइडरमा १ सय ६७ वटा फूल रोपिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार