प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी

नेकपा एमालेले सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । ओली नेतृत्वको सरकार अहिले अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार