एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७८’ प्रदान गरेको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकलगायतको उपस्थितिमा प्रदान गरिएको हो।

२०७१ सालबाट सुरु गरिएको उक्त छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवाप्रतिभाहरूको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ। यो कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्यूनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ।

यसवर्ष अर्थात २०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्यूनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ। साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ। इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए।

यस्तै, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकिय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए।

यस्तै कोरोनाका कारण रोकिएको २०७७ को छात्रवृत्ति र उत्कृष्टता सम्मान पनि यसैवर्ष प्रदान गरिएको छ। कार्यक्रम नभए पनि गतवर्ष नगद पुरस्कार भने शिक्षकहरूमार्फत विद्यार्थीलाई प्रदान गरिएको एनसेलले बताएको छ।

यस्तै, उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्यूनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातकतहको पढाइ सक्याएका प्रत्येक संकायका एक÷एक जना र पाँचै संकायकामध्येबाट सर्वोत्कृष्ठ भएका एक छात्रालाई उत्कृष्टता सम्मन प्रदान गरिन्छ। जसको पुरस्कार राशी एक लाख रुपैयाँ नगद रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार