सपथग्रहणमा निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरमा विवाद

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि प्रमुख अतिथि भएपछि विवाद भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहणका लागि कार्यक्रम आयोजना गरेका थिए । प्रमुख अतिथि नेता निधिलाई बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरे । एमाले जनप्रतिनिधिको संयुक्त विज्ञप्तिमा निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार