अभिनेत्री विदिशा मृत भेटिइन्

बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् । २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् ।

उनले आत्महत्या गरेको बताएको छ। पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको ढोका भित्रबाट लक गरिएको थियो । जसलाई फुटाएर प्रहरीले उनको शव निकालेको हो ।

प्रहरीले घरबाट एक सुसाइड नोट समेत फेला पारेको छ । ​बिदिशाकी नजिकको साथी दिया दासले उनी प्रेमीको कारण डिप्रेशनमा रहेको बताएकी छन् । दासका अनुसार विदिशाको प्रेमीको अन्य गलफ्रेण्ड छन् । जसको उनी बिरोधी थिइन् । सोही कारण पनि उनी डिप्रेशनमा आएकी हुन् ।

सुसाइड नोटमा भने उनले आफु क्यान्सर पीडित भएको उल्लेख गरेकी छन् । तर उनी क्यान्सर पीडित नभएको बताइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार