नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी-‘चास्नीमा नडुबाएको जेरी’

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञासमेत दिएका छन् । उनले नीति तथा कार्यक्रमलाई शब्दजालको पुलिन्दा मात्रै भएको समेत बताए ।

आजको संसद बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रमबारे टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूसमेत उल्लेख गरेर आलोचना गरेका थिए ।

‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’ ओलीले दाबी गरे, ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ ।’

उनले यो सरकारसँग आफ्नो कुनै नीति नरहेको टिप्पणी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार