तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलामा ५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार