सिन्धुपाल्चोकमा घर भित्र एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

सिन्धुपाल्चोकको लामोसाँघु(जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा२०च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो ।

घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा छिर्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिए ।

एम्बुलेन्सका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार