काश्मिरमा टिकटक स्टारको हत्या

जम्मु कश्मिरको बडगाम जिल्लामा एक टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानी हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् ।

लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा महिलाका १० वर्षीय भतिज पनि घाइते भएका छन् ।

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अम्रिन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ ।

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार