आईपीएल: लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

काठमाडौं । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । दिपक होडाले ४५ रन जोडे ।

बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए  । साथै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले समान एकएक विकेट लिए ।

त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए । दिनेश कार्तिकले अविजित ३७ रन जोड्दा विराट कोहली २५ रनमा आउट भए ।

लखनउका कुर्नाल पान्डय, मोसिन खान,अभेस खान र रबि बिश्नोईले समान एकएक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार