पृथ्वीसुब्बा सहभागी कार्यक्रममा एमाले कार्यकर्ताको नाराबाजी

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहभागी एक कार्यक्रममा उनीविरुद्ध नारावाजी भएको छ । बुधबार पोखरामा उपमेयर मञ्जुदेवी गुरुङसहितको विजयी सभामा बोल्दै गर्दा उनीविरुद्ध नाराबाजी भएको हो ।

पोखरा महानगर कमिटीले स्थानीय तह निर्वाचनमा विजयी भएका उपप्रमुख, ३३ मध्ये ९ वडाध्यक्ष र सदस्यहरुलाई बधाई दिन राखिएको कार्यक्रममा एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङले जब बोल्न थाले, नाराबाजी सुरु भएको थियो ।

उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वीसुब्बा गुट भन्ने लागेको छ । केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो । त्यसपछि घटना झनै रोचक बन्यो ।

अहिले कास्कीमा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिष्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सन्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ ।

पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए । तर चुनाव जित्न पाएनन् । प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार