दैलेखमा बस दुर्घटना: कम्तीमा चार जनाको मृत्यु, ३३ जना घाइते

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना२ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको र अन्य ३३ जना घाइते भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । उनले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार