महिनावारी दिवसमा बृहत साइकल र्‍याली हुने

महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली हुने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने भएको हो ।

बिहान साढे सात बजे बसन्तपुरबाट सुरु हुने र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुने जनाइएको छ । र्‍यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने छन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट ¥याली आयोजना गरिएको जानकारी दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार