ओली निकट नेता पौडेल र नेम्वाङले भेटे माधव नेपाल

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

अन्य सांसदहरुसहित आइतबार दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल संसद् सचिवालयमा पुगेका हुन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसदहरुले राजीनामाको तयारी गरिरहँदा उनीहरु संसद्‍ सचिवालयमा पुगेका हुन् । भेटवार्तामा माधव पक्षबाट स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणी चौधरीलगायतका नेता सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार