गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी निवासी ४५ वर्षकी राधिका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए ।

भट्टराईलाई आफ्नै गोठमा गाईवस्तुलाई घाँसपात गर्नेक्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ । मृतको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार