जनप्रतिनिधिलाई दोहोर्‍याएर चुनाव लडाउँदा ५० प्रतिशत सिट हार्‍यौँ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहोर्‍याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताएका छन्। पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दोहोर्‍याएर उठेका जनप्रतिनिधि हार्नुको कारण खोज्नु पर्ने बताएका छन्।

‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोहोर्‍याएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो। उल्टै हारियो। बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ प्रचण्डको भनाई उदृत गर्दै नेता गिरिराजमणि पोखरेलले भने,‘यसअघि निर्वाचित जनप्रतिनिधि उठाउँदा ५० प्रतिशत स्थानीय तह हारेका छौ। त्यसैले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर प्रशिक्षण दिन लागेका छौँ ।’

स्थानीय तहमा उठ्ने जनप्रतिनिधि छनोटमा ध्यान नपुर्‍याउँदा धेरै स्थानीय तहमा हारेको प्रचण्डले बताए। यस्तै मधेस प्रदेशमा चुनाव हारेको विषयमा समेत प्रचण्डले चर्चा गरेको नेता पोखरेलले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार