मङ्कीपक्स देखिएका देशबाट नेपाल आउने यात्रु दुई हप्ता घरमै बस्नुपर्ने

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।

कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले यो नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भएकाले त्रसित नहुन उनले आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार